कटुवा पेस्तोलसहित एक जना पक्राउ

222

मोरङ । कटुवा पेस्ताेल र गाेलीसहित माेरङबाट एक जना पक्राउ परेका छन् । मोरङ सुनबर्सी-५ झुगी चोक स्थितबाट हतियारसहित ४१ वर्षीय राजकुमार मण्डललाई प्रहरीले पक्राउ गरेकाे हाे ।

विशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले मण्डललाई शुक्रबार दिउँसो सवा १२ बजे नियन्त्रणमा लिएको थियो ।
नियन्त्रण पश्चात उनलाई चेकजाँच गर्दा कम्मरमा लुकाछिपाई राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल, दुई राउण्ड गोली र नगद १९ हजार ३ सय २५ रुपैयाँ समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनलाई थप अनुसन्धान तथा इलाका प्रहरी कार्यालय रंगेलीबाट कानुनी कारबाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...