भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघ्यो

172

नयाँदिल्ली, एएनआई । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ ।

भारतमा शुक्रबार थप ३६ हजार ६ सय ३५ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ८ हजार २ सय १८ पुगेको सो मन्त्रालयले जानकारी दिएको हो । जसमध्ये ९० लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

सो मन्त्रालयका अनुसार हाल ४ लाख ९ हजार ८ सय ६० व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार ३०औं दिन हो । भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा थप ५ सय ९ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३९ हजार ७ सय पुगेको छ ।

भारतभरि सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा १८ लाख ४२ हजार रहेको ५ सय ७७ संक्रमित र भइसेकेका छन् । संक्रमणको कारण यहाँ ४७ हजार ५ सय ९९ व्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरसको कारण दोस्रो प्रभावित दिल्लीमा ५ लाख ८६ हजार १ सय २५ संक्रमित भएका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कुल १४ करोड ५८ लाख ८५ हजार नमूना परीक्षण गरेको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...