जनवरीदेखि कोरोनाको खोप दिने क्यानडाको तयारी

268

ओटावा, एएनआई । क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ ।

क्यानडामा खोप वितरण कार्यको जिम्मेबारी पाएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोप वितरण गर्नेगरी तयारी भइरहेको जानकारी दिएका हुन् ।

“यो धेरै गाह्रो काम हो, हामी गरिरहेका छौँ, जनवरीमा खोप आउने र तत्कालै हामीले वितरण गर्नेगरी तयारी गरिरहेका छौँ,” उनले भने ।

उनलाई क्यानडाको सरकारले गत हप्ता सार्वजनिक स्वास्थ्य सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धि निकायको उपाध्यक्षको रुपमा नियुक्त गरेको थियो ।

सरकारी अधिकारी र सेनासँग मिलेर त्यस सम्बन्धि काम गर्ने जिम्मेबारी समेत उनलाई दिइएको छ ।

उनले डिसेम्बर ७ देखि यस सम्बन्धि कामका लागि क्यानडाको सेना खटिने र डिसेम्बर २५ सम्ममा सबै तयारी पुरा हुने पनि विश्वास व्यक्त गरे ।

क्यानडामा अहिलेसम्म तीन लाख ९० हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् भने १२ हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...