भारतीय कलाकार रजनीकान्तद्धारा नयाँ पार्टी खोल्ने घोषणा

196

एजेन्सी । भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । विषेश गरेर तमिल सिनेमाबाट धेरै चर्चामा रहेका रजनीकान्तले आफूले नयाँ पार्टी खोल्न लागेको बिहीबार जानकारी दिएका हुन् ।

उनले पार्टीको औपचारिक घोषणा भने यही डिसेम्बर ३१ तारिखका दिन गर्ने पनि बताए । तमिलनाडुमा निर्वाचन हुन लागेको पूर्व सन्ध्यामा उनले पार्टी खोल्ने र निर्वाचनमा जाने बताएका हुन् ।

“हामीले एउटा नयाँ राजनीतिक पार्टी गठन गरेर घोषणा गर्न लागेका छौँ, जनवरीदेखि दर्ता गरेर त्यसले काम गर्न थाल्ने छ, त्यस मार्फत हामीले अत्यन्त कडाइका साथ काम गर्नेछौँ,” उनले भने ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले दिएको जानकारीअनुसार पार्टी खोल्ने निर्णयमा पुग्नु अगाडि उनले धेरैसँग परामर्श गरेका थिए ।

“मैले पटक पटक विभिन्न व्यक्तिहरुसँग छलफलहरु गरेँ, उहाँहरुको सल्लाह सुझावलाई लिएर मैले पार्टी खोल्ने निर्णयमा पुगेको हुँ,” उनले भने । आफूलाई धेरैले सहयोग गर्ने भरोसा पलाएको र आवश्यकता पनि देखिएको कलाकार रजनीकान्तले उल्लेख गरे ।

तमिलनाडुमा सन् २०२१ को अप्रिल देखि मे सम्म विधान सभा निर्वाचन हुने तय भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...