रोहिंग्या शरणार्थीलाई स्थानान्तरण गरिँदै : असुरक्षित स्थान भएको अधिकारकर्मीको भनाइ

215

एजेन्सी । बंगलादेशले बिहीबारदेखि सयौं रोहिंग्या शरणार्थीहरूलाई चक्रवात र बाढीको खतरा भएको इलाकाको तल्लो टापुमा सार्न सुरु गरेको अधिकार समूहहरूले बताएका छन् ।

अधिकारवादी समूहहरूका अनुसार आफूहरूलाई असुरक्षित स्थलतर्फ सार्न लागेको भन्दै मानिसहरुलाई त्यहाँबाट भाग्न बाध्य भएको बताएका छन् ।

करिब १० लाख रोहिंग्यामध्ये अधिकांश २०१७ मा छिमेकी म्यान्मारमा सैन्य आक्रमण भएपछि विस्थापित भइ बंगलादेशको दक्षिणी क्षेत्रमा रहेका अव्यवस्थित शिविरहरूको विशाल नेटवर्कमा बस्दै आएका छन् ।

शरणार्थीमध्ये धेरैले म्यानमारमा आफूहरूको असुरक्षा भएको भन्दै फिर्ता हुन अस्वीकार गरेका थिए । तर बंगलादेशले उनीहरुमध्ये धेरै हिंसात्मक लागु औषध कारोबारको गिरोह र सक्रिय चरमपन्थीको साथमा संलग्न रहेको हुनसक्ने भन्दै उनीहरूलाई फिर्ता गर्न वा आफ्नो बस्तीहरुबाट टाढा पठाउन खोज्दै आएको छ । यसैकारण सरकारले शिविरहरु हटाउन हतार गरेको देखिन्छ ।

क्षेत्रीय प्रहरी प्रमुख अनवर हुसैनले एएफपीसँग शरणार्थीलाई सारिएकोबारे पुष्टि गर्दै भने, “बिहीबार २० वटा बसमा दुई पटक लगि करिब एक हजारभन्दा बढी शरणार्थीलाई कोक्स बजारबाट बन्दरगाह शहर चटगाउ आसपासका स्थानका शिविरमा सारिएको हो ।”

चटगाउँबाट शरणार्थीहरूलाई बंगलादेशको नौसैनिकको पानीजहाजबाट भसन चार टापुमा लग्न लागिएको अधिकारीहरूले बताए । बंगालको खाडी नजिकै रहेको ५२ वर्गकिलोमिटर खाली जमिनमा शिविर बनाइ सरकारको पहलमा सेनाले उनीहरुलाई त्यहाँ राख्न लागेको हो ।

उक्त स्थानमा करिब एक लाख शरणार्थी राख्न सकिने गरी शिविरहरू बनाइएको छ । तर बंगालको खाडीबाट नजिक रहेको स्थान कोक्स बजारभन्दा निकै गहिराइमा रहेको र यहाँ केही वर्ष पहिले ठूला सामुद्रिक छाल आइ करिब चारदेखि पाँच मिटर पानी भरिएको स्थानीयलाई उद्धृत गर्दै अधिकारवादी समूहहरुले उल्लेख गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...