बीस महिनापछि बोइङ ७३७ म्याक्सले अमेरिकामा उडान सुरु गर्दै

150

ह्युस्टन, सिन्ह्वा । बोइङ ७३७ म्याक्सले सन् २०१९ मा दुई ठूला दुर्घटना व्यहोरेसँगै अवरुद्ध उडान सेवालाई बुधबारदेखि सञ्चालनमा ल्याएको छ ।

अमेरिकी विमानले आफ्नो उडानलाई सुरक्षित रहेको प्रमाणित गर्न अमेरिकी राज्य टेक्सासको डल्लासबाट सञ्चारकर्मीहरूसहितको टोलीलाई ४५ मिनेटको उडानपछि ओक्लोहामाको तुल्सामा अवतरण गरेको हो ।

अमेरिकी संघीय उड्डयन प्रशासनले गत महिना बोइङको चौथो पुस्ताको विमान बोइङ ७३७ म्याक्सलाई व्यवसायिक उडानका लागि मार्ग प्रशस्त गरेको थियो ।

इन्डोनेसिया १ सय ८९ र इथियोपियामा १ सय ५७ गरी ३ सय ४६ यात्रुसहित दुर्घटनाग्रस्त भएको म्याक्सले सन् २०१९ को मार्चदेखि आफ्ना विश्वभर रहेका विमानको सेवालाई रोकेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...