भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९५ लाख नजिक

205

नयाँदिल्ली, एएनआई । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९५ लाख नजिक पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।

भारतमा मंगलबार थप ३६ हजार ६सय ४ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख ९९ हजार ४ सय १४ पुगेको सो मन्त्रालयले जानकारी दिएको हो । जसमध्ये ८९ लाख ३२ हजार ६ सय ४७ व्यक्ति संक्रमणमुक्त भएका छन् ।

सो मन्त्रालयका अनुसार हाल ४ लाख २८ हजार ६ सय ४४ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार २५औं दिन हो । भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ५ सय १ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३८ हजार १ सय २२ पुगेको छ ।

भारतभर सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्र रहेको र यहाँँ ९० हजार १ सय ६८ सक्रिय संक्रमित रहेका छन् । महाराष्ट्रमा १६ लाख ९१ हजार ४ सय १२ व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् । यस भाइरसको संक्रमणको कारण यहाँ ४७ हजार २ सय ४६ व्यक्तिको मृत्यु भएको छ ।

राजधानी समेत रहेको दिल्ली राज्यमा ३१ हजार ७ सय ६९ व्यक्ति सक्रिय संक्रमित रहेका र ५ लाख ३३ हजार ३ सय ५१ कोरोना मुक्त भएका छन् भने संक्रमणको कारण ९ हजार २ सय ६० जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कूल १४ करोड २४ लाख ४५ हजार नमूना परीक्षण गरेको जनाएको छ । हिजो एकै दिनमा १० लाख ९६ हजार ६ सय ५१ व्यक्तिको कोरोना भाइरस परिक्षण भएको समाचारमा जनाइएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार भारतमा ९३.९४ प्रतिशत कोरोना भाइरसको संक्रमण निको भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...