नवनिर्मित दुई प्रहरी कार्यालय भवनको उद्घाटन

286

ओखलढुंगा । जिल्ला प्रहरी कार्यालय ओखलढुंगा मातहतका प्रहरी चौकी रगनी र प्रहरी चौकी गाम्नाङटारको नवनिर्मित कार्यालय भवनको समुद्घटान भएको छ ।

एक नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरिक्षक इश्वर बाबु कार्कीले मंगलवार दुबै प्रहरी कार्यालयका नवनिर्मीत भवनहरुको विधिवत रुपमा उद्घाटन गरेका हुन् ।

कूल २ करोड ३४ लाख २० हजार ६ सय ४३ रुपैयाँको लागतमा प्रहरी चौकी रगनीको २ तले सुविधा सम्पन्न कार्यालय भवन भान्साघर तथा शौचालयको निर्माण सम्पन्न भएको हो । यसैगरी २ करोड ३४ लाख २० हजार ४ सय ९७ रुपैयाँको लागतमा प्रहरी चौकी गाम्नाङटारको २ तले कार्यालय भवन भान्साघर तथा शौचालयको निर्माण सम्पन्न भएको हो ।

भवनको उद्घाटन तथा निरिक्षण पश्चात कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरिक्षक कार्कीले गाँस बासको उचित ब्यवस्था भएसँगै प्रहरी कर्मचारीमा काम गर्ने थप हौसला मिल्ने बताए । उनले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताउँदै कानूनको परिधीमा रही जन चाहाना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

Share This:
सम्बन्धित खबर
Loading...