पछिल्लो २४ घन्टामा थप १,३०४ मा कोरोना पुष्टि : २१ जनाको मृत्यु

139

काठमाडौं । मंगलबार थप एक हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ८ सय ३ पुरुष तथा ५ सय १ महिला छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या दुई लाख ३४ हजार ७ सय ५६ पुगेको छ । पछिल्लो २४ घन्टामा आठ हजार ५ सय ८३ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म १७ लाख ४६ हजार ३ सय ३० जनाको पिसिआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख १६ हजार ५ सय ९४ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घन्टामा देशभर दुई हजार ७३ संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १६ हजार ६ सय ३३ सक्रिय संक्रमित रहेका छन् ।

काठमाडौं उपत्यकामा ५३० थपिए
काठमाडौं उत्यकामा थप ५ सय ३० कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा २ सय ९० पुरुष र २ सय ४० महिला छन् । योसँगै उपत्यकामा संक्रमितको सङ्ख्या एक लाख नौ हजार ६ सय ५६ पुगेको छ ।

मंगलबार थपिएका संक्रमितमध्ये काठमाडौंका ४ सय ९, ललितपुरका ८५ तथा भक्तपुरका ३६ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

२१ को मृत्यु
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको सङ्ख्या एक हजार ५ सय २९ पुगेको मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...