सामाजिक सञ्जालको दुरुपयोग गरी आपराधिक लाभ लिने २ जना पक्राउ

126

बारा । फेसबुक एकाउन्ट ह्याक गरी रु ३० हजार रकम मेरो नाउँमा पठाउ नत्र तिम्रो अश्लिल तस्बिरहरू नेट मार्फत समाजिक सञ्जालमा राखी दिन्छु भनी विभिन्न डरत्रास देखाइ रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर-२ का एक महिलामार्फत जिल्ला प्रहरी कार्यालय बारामा प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न सप्तरी सितापुर गाउँपालिका वडा नम्बर-३ का ३१ वर्षीय रामदेव साह र सुनसरी इटहरी उपमहानगरपालिका वडा नम्बर ४ का २३ वर्षीया मनिषा गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको संलग्नता रहेको यकिन पश्चात निजहरूको खोजतलाश गर्दै जाने क्रममा उनीहरुलाई मंसिर ८ र १४ गते इटहरी उपमहानगरपालिका वडा नम्बर ६ इटहरी बजार अन्तर्गत रहेको आइएमईबाट ठगी गरेको रकम झिकिरहेको अवस्थामा रकमसहित फेला पारेको थियो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बारामा ल्याइ आपराधिक लाभ मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट पहिलो पटक ५ दिन को म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...