क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिकलाई पनि कोरोना संक्रमण

255

एजेन्सी । क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिक कोरोना भाइरसबाट संक्रमित भएका छन्। गत शनिबार उनकी श्रीमतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको पनि परीक्षण गरिएको थियो ।

उनलाई पनि संक्रमण पुष्टि भएपछि अहिले उनी दश दिनका लागि सेल्फ आइसोलेसनमा बसेको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनलाई पहिलो पटक परीक्षण गर्दा नेगेटिभ नै देखिएको थियो । तर स्वास्थ्यकर्मीहरूले फेरि परीक्षण गर्न सुझाव दिएपछि परीक्षण गर्दा पोजेटिभ देखिएको अधिकारीहरूले जनाएका छन् ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको जनाइएको छ । उनले घरबाटै आफ्ना कामहरु गरिरहेको पनि अधिकारीहरुले बताएका छन् ।

उनले आइसोलेसनमा बसेर कोरोनासम्बन्धी आधारभूत स्वास्थ्य सतर्कताहरु पालना गरेको उनका सहयोगीहरूले जानकारी दिएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...