स्वास्थ्य क्षेत्रमा क्रान्तिको सुरुवात भएको छ : मन्त्री अर्याल

204

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्‌माकुमारी अर्यालले सरकारले स्वास्थ्य क्षेत्रमा क्रान्तिको सुरुवात गरेको बताएकी छन् ।

मन्त्री अर्यालले गल्याङ नगरपालिका–१ मालुङ्गामा सोमबार अस्पताल शिलान्यास गर्दै भौतिक संरचनासँगै अस्पतालमा दक्ष जनशक्ति र आधुनिक उपकरणसमेत व्यवस्थापन हुने र स्वास्थ्यमा सबै नागरिकको सहज पहुँच पुग्ने बताइन् ।

मन्त्री अर्यालले आजै वालिङ र भीरकोटमा समेत अस्पताल शिलान्यास गर्ने कार्यक्रम छ ।

Share This:
सम्बन्धित खबर
Loading...