दक्षिण कोरिया कोरोना संक्रमतिको संख्या ३३ हजार ९२४ पुग्यो

112

सोल, सिन्ह्वा । दक्षिण कोरियामा गत २४ घन्टामा थप ४ सय ५० जनामा कोभिड १९ को संक्रमण देखिएपछि यहाँ कोरोना भाइरस कुल संक्रमितको संख्या ३३ हजार ९ सय २४ पुगेको छ ।

हालसम्म कूल संक्रमितमध्ये २७ हजार ५ सय ४२ जना कोरोना मुक्त भएको यहाँको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

दक्षिण कोरियामा आन्तरिक रुपमा कोरोना संक्रमण हुनुभन्दा पनि बाहिरी देशबाट आएका व्यक्तिहरुमा भएको संक्रमणका कारण देशभित्रका व्यक्तिहरुलाई सरेको जानकारी दिँइदै आएको छ । दक्षिण कोरियामा कोरोना सुरु भएयता हालसम्म यस संक्रमणको कारण ५ सय २३ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमणको कारण विश्वमा छ करोड २५ लाख ८६ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । गत वर्षको डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट सुरु भएको यस कोरोना संक्रमणको कारण विश्वमा १४ लाख ५८ हजार व्यक्तिको मृत्यु भईसकेको छ ।

संक्रमण भएकामध्ये ४ करोड ३१ लाख ९८ हजारभन्दा बढी व्यक्ति कोरोना मुक्त भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...