जापानमा २४ घन्टामा थप २,६८४ जना संक्रमित

124

टोकियो, एएनआई । जापानमा पछिल्लो समयमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको बताइएको छ । जापानका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा २ हजार ६ सय ८४ जना कोरोना संक्रमित थपिएका हुन् ।

यो संख्या जापानमा २४ घन्टाभित्र देखिएको सबैभन्दा ठूलो संख्या हो । जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यो संख्या जापानमा कोरोना भाइरसको महामारी देखिएपछिको एक दिनमै देखिएको सबैभन्दा ठूलो संख्या हो ।

योसँगै जापानमा कोरोना भाइरसका संक्रमितको संख्या १ लाख ४६ हजार २ सय १४ जना पुगेको छ । जापानको स्वास्थ्य मन्त्रालयले त्यहाँको राजधानी टोकियोमा पछिल्लो समयमा धेरै संक्रमितहरु पाइएका छन् ।

यसअघि पनि गत महिनामात्र यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले अब फेरि समस्या बढ्दै गएमा जापानमा आपतकालको अवस्थामा जस्तै केही नीतिहरुमा परिवर्तन पनि हुन सक्ने बताएका थिए ।

जापानमा केही हप्ता मात्र पहिले पर्यटनको प्रोत्साहनका लागि राष्ट्रिय स्तरको अभियान चलाइएको थियो । भाइरसबाट संक्रमितको संख्यामा कमी आएपछि टोकियोमा यस्तो अभियान चलाइएको थियो ।

जापानमा संक्रमण केवल टोकियोमा मात्र नभएर अन्यत्र पनि सरेको बताइएको छ । तर आइतबार देखिएका संक्रमितहरुमध्ये टोकियामा मात्र होइन, त्यहाँभन्दा बाहिर पनि फैलिएको छ ।

जापानका विकट टापुहरुमा पनि अब कोरोना भाइरस संक्रमित भेटिन थालेको बताइएको छ । आइतबार भेटिएका ती संक्रमित मध्ये टोकियमा मात्र ५ सय ६१ जना भेटिएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...