एक खेल अगावै न्युजिल्यान्डलाई टी-२० सिरिज : वेष्ट इन्डिज रनले पराजित

245

एजेन्सी । वेष्ट इन्डिजविरुद्धको दोस्रो टी-२० मा न्युजिल्यान्ड ७२ रनको फराकिलाे अन्तरले विजयी भएको छ । जितसँगै न्युजिल्यान्डले तीन खेलको टी-२० सिरिज २-० ले आफ्नो पक्षमा पारेको छ ।

आइतबार सम्पन्न दोस्रो खेलमा २ सय ३९ रनको लक्ष्य पच्छाएको वेष्ट इन्डिजलाई १ सय ६६ रनमा रोक्दै ७२ रनको जित हात पारेको हो ।

निरन्तर विकेट गुमाएको वेष्ट इन्डिजका कुनैपनि खेलाडीले उल्लेखनीय योगदान दिन सकेन । किरोन पोलार्डले २८,  किमाे पाैलले अविजित २६, शिम्रोन हिटमेयरले २५, आन्द्र फ्लेचर र काइल मेयर्सले समान २०/२० तथा फावियन अलेनले १५ रन बनाएका थिए ।

न्युजिल्यान्डका मिचेल सान्टनर र काइल जेमिसनले समान २-२, जेम्स निसम, इश सोधी, लक्की फर्गुसन र टिम साउथीले समान एक-एक विकेट लिए ।

यसअघि, बे ओभलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको घरेलु टोली न्युजिल्यान्डले निधारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ३८ रन बनाएको थियो ।

ग्लेन फिलिप्सले न्युजिल्यान्डका लागि टी२० क्रिकेटमा सबैभन्दा छिटो शतक प्रहार गर्दै टोलीलाई विशाल योगफल बनाउन सहयोग पुर्याए । उनले ४६ बलमा शतक बनाएका थिए । ५१ बल खेलेका फिलिप्सले ८ छक्का र १० चौकाको मद्धतमा आउट हुनअघि १ सय ८ रन बनाएका थिए ।

मध्यम सुरुवात गरेका न्युजिल्यान्डका लागि टिम सेफर्ड र मार्टिन गुप्टिलले पावरप्लेमा ४९ रन जोडेका थिए । गुप्टिल ३४ तथा सेफर्ड १८ रनमा आउट भए । यस्तै, डेभोन कोनवे ६५ रनमा अविजित रहे ।

यसअघि सम्पन्न पहिलो टी२० खेलमा न्युजिल्यान्ड पाँच विकेटले विजयी भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...