नेकपा सचिवालय बैठक सम्पन्न : अध्यक्ष ओलीद्वारा प्रतिवेदन पेश

146

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन पेश गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा अध्यक्ष ओलीले पार्टीमा देखिएको सङ्कट समाधान गर्नेसम्बन्धी प्रतिवेदन पेश गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा नेकपाका अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको रक्षाका निम्ति जोड दिएका थिए ।

नेकपा सचिवालयको अर्को बैठक यही मंसिर १६ गते पार्टी कार्यालय धुम्रबाराहीमा बस्नेछ ।

Share This:
सम्बन्धित खबर
Loading...