पछिल्लो २४ घन्टामा थप १,६१४ जना संक्रमित : ९२ प्रतिशत कोरोना मुक्त

110

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा एक हजार ६ सय १४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ४ सय ९१ जनाको स्वास्थ्य परीक्षण गर्दा ६ सय ४० महिला र ९ सय ७४ पुरुष गरी उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको हो । परीक्षणअनुसार संक्रमितको दर १३ दशमलब ४ रहेको बताइएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या दुई लाख २७ हजार ६ सय ४० पुगेको छ । पछिल्लो समय एक हजार ४ सय २७ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ९ हजार ४ सय ३५ पुगेको छ । निको हुने दर ९२ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । देशभर १६ हजार ७ सय ९३ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ५ सय ७५ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३ सय ३३ जनाको सघन उपचार कक्ष र ५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

देशभर ६ सय ८० जना क्वारेन्टिनमा छन् । हालसम्म १७ लाखको पिसिआर परीक्षण भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ४ सय १२ पुगेको छ भने पछिल्लो २४ घन्टामा थप २३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा ७८५
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ७ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ६ सय ३७ महिला र ४ सय ४८ पुरुष छन् । त्यसमध्ये काठमाडौंमा सात हजार ६ सय ४४, ललितपुरमा एक हजार ४ सय ९४ र भक्तपुरमा ५ सय ८९ जना सक्रिय संक्रमित छन् । हाल मनाङ, डोल्पा र मुगुमा शून्य संक्रमित छन् ।

Share This:
सम्बन्धित खबर
Loading...