विश्वभर एकैदिन थपियो ६ लाखभन्दा बढी संक्रमित : १२,००७ जनाको मृत्यु

274

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर एकैदिन ६ लाखभन्दा बढी संक्रमित भएका छन् । वर्ल्डमिटरका अनुसार पछिल्लो २४ घन्टामा ६ लाख ९ हजार २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ हजार ७ जनाले ज्यान गुमाएका छन् ।

कोरोनाले सबैभन्दा बढी असर पारेको अमेरिकामा मात्र १ लाख ८० हजार ९ सय ३ जना संक्रमित भएका छन् भने २ हजा ३ सय २ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै अमेरिकामा कूल संक्रमितको संख्या १ करोड ३१ लाख ३७ हजार ९ सय ६२ रहेको छ । जसमा २ लाख ६८ बढीले ज्यान गुमाएका छन् ।

यसैगरी, एसियामा सबैभन्दा बढी प्रभावित भारतमा पछिल्लो २४ घन्टामा ४४ हजार ६ सय ९९ जना थपिएका छन् भने ५ सय १८ जनाको मृत्यु भएको छ । भारतमा कूल संक्रमितको संख्या ९२ लाख ६६ हजार ६ सय ९७ रहेको छ ।

तेस्रो बढी संक्रमित ब्राजिलमा ४५ हजार ४ सय ४९ थपिएका छन् भने ६ सय २० जनाको ज्यान गएको छ । यस्तै, फ्रान्समा १६ हजार २ सय ८२ जनामा कोरोना पुष्टि हुँदा ३ सय ८१ जनाको मृत्यु भएको छ ।

रसियामा पछिल्लो २४ घन्टामा २३ हजार ६ सय ७५ जनामा संक्रमण पुष्टि भएको छ भने ५ सय ७ जनाको मृत्यु भएको छ । योसँगै रसियामा जम्मा संक्रमितको संख्या २१ लाख ७० हजार ९७ पुगेको छ । ३७ हजार ५ सय ३८ जनाले अहिलेसम्म ज्यान गुमाएका छन् ।

यसैगरी स्पेनमा ८ हजार ५ सय ६, बेलायतमा १८ हजार २ सय १३, इटालीमा २५ हजार ८ सय ५३, अर्जेन्टिनामा ८ हजार ५ सय ९३ र कोलम्बियामा ८ हजार ४ सय ९७ जना थपिएको छ ।

गत वर्ष डिसेम्बरमा चीनको हुवे प्रान्तको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसले अहिलेसम्म ६ करोड ७ लाख ४ हजार ६ सय ४९ जनामा संक्रमित भइसकेका छन् । जसमध्ये ४ करोड २० लाख २१ हजार २ सय ६ जना कोरोना मुक्त भइ सामान्य जीवनमा फर्किएका छन् ।

अझैपनि १ करोड ७२ लाख ५७ हजार ५ सय २९ जना संक्रिय संक्रमित अवस्थामै रहेका छन् । उनीहरुमध्ये १० लाख ३ हजार ८ सय ३५ जनाको अवस्था जटिल रहेको छ । अहिलेसम्म १४ लाख २५ हजार ९ सय १४ जनाको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...