तनहुँका उत्कृष्ट चार उद्यमी सम्मानित

213

दमौली । घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जिल्लाका उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ । छैटौं उद्योग दिवसको अवसरमा मंगलबार कार्यालयले चार उद्यमीलाई सम्मान गरेको हो ।

औद्योगिक विकासको क्षेत्रमा योगदान पुर्याएवापत सफल उद्यमीको रूपमा व्यास नगरपालिका–२ स्थित दीपेन्द्र सुज सेन्टर, बन्दीपुर गाउँपालिका–५ स्थित तिवारी फर्निचर उद्योग, व्यास नगरपालिका–१ स्थित पुष्प होजियारी स्वीटर उद्योग र व्यास नगरपालिका–५ स्थित सुवोध फुड्स सम्मानित भएका छन् ।

जिल्ला समन्वय समिति तनहुँका उपप्रमुख पवित्रा पौडेलले सफल उद्यमीलाई सम्मानपत्र प्रदान गरेका थिए । सो अवसरमा पौडेलले सरकारले औद्योगिक विकासका लागि उपयुक्त वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले औद्योगिक विकासका लागि राम्रो वातावरण सिर्जना गर्न हरेक क्षेत्रबाट सहयोग पुर्याउनुपर्ने बताए । घरेलु कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले स्थानीयस्तरमा रोजगारी प्राप्त गराउन कार्यालयले सीपमूलक तालिम सञ्चालन गर्दै आइरहेको बताए ।

सरकारले औद्योगिक प्रवद्र्धनका लागि लगानीको सकारात्मक वातावरण निर्माण तथा जनचेतना अभिवृद्धि गर्न हरेक वर्ष मंसिर ९ गते उद्योग दिवस मनाउने निर्णय गरेको थियो । मंसिर ९ गते उद्योग परिषद् स्थापना भएको उक्त दिनलाई उद्योग दिवसका रुपमा मनाउन लागिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...