पछिल्लो २४ घन्टामा थप १,७९० जनामा कोरोना पुष्टि : २,७९१ संक्रमण मुक्त

176

काठमाडौं । देशभर मंगलबार थप एक हजार ७ सय ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा एक हजार ६९ पुरुष र ७ सय २१ महिला छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या दुई लाख २४ हजार ७८ पुगेको छ । थप १० हजार ८ सय ४३ को पिसिआर परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख चार हजार ५८ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७ सय ९१ संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १७ हजार ८ सय ५९ सक्रिय संक्रमित छन् ।

उपत्यकामा ९४७ संक्रमित
काठमाडौं उत्यकामा थप ९ सय ४७ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकामा संक्रमितको सङ्ख्या एक लाख चार हजार ६ सय ८२ पुगेको छ । मंगलबार थपिएका संक्रमितमध्ये काठमाडौंका ६ सय ९२, ललितपुरका १ सय ९० तथा भक्तपुरका ६५ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

हालसम्म काठमाडौंमा ८४ हजार ५ सय १७, ललितपुरमा १२ हजार ५ सय ७७ तथा भक्तपुरका सात हजार ५ सय ८८ संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा ७६ हजार ४ सय ४२, ललितपुरमा १० हजार ८ सय ९७ तथा भक्तपुरमा छ हजार ८ सय ९३ संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । हालसम्म काठमाडौंमा ३ सय ३१, ललितपुरमा ९१ तथा भक्तपुरमा ८७ जनाको कोरोनाबाट ज्यान गएको छ ।

थप २४ जनाको मृत्यु
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको सङ्ख्या एक हजार ३ सय ६१ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...