दिल्लीमा लगातार चाैथाे दिन एक सयभन्दा बढीकाे मृत्यु : प्रत्येक घन्टा पाँच जनाले ज्यान गुमाउँदै

150

नयाँदिल्ली । भारतकाे राजधानी नयाँ दिल्लीमा काेराेना भाइरसकाे प्रभाव दिनहुँ बढ्दै गइरहेकाे छ । पछिल्लाे २४ घन्टामा काेराेनाबाट दिल्लीमा मात्र १ सय २१ जनाकाे मृत्यु भएकाे छ ।

४ दिन यता दिल्लीमा लगातार एक सयभन्दा बढीकाे मृत्यु भइरहेकाे छ । जसकाे कारण दिल्लीमा प्रत्येक घन्टामा पाँच जनाले ज्यान गुमाइरहेका छन् । पछिल्लाे २४ घन्टामा दिल्लीमा ४ हजार ४ सय ५४ जना नयाँ संक्रमित थपिएका छन् भने ७ हजार बढीले काेराेनालाई जितेका छन् ।

काेराेना संक्रमणकाे अवस्था र यसकाे सामना गर्ने उपायबारे सर्वाेच्च अदालतले दिल्ली सरकारकाे आलाेचना गरेकाे छ । अदालतले केजरीवाल सरकारलाई साेधेकाे छ कि दिल्लीकाे काेराेना नियन्त्रण बाहिर किन छ ? र काेभिड व्यवस्थापनकाे प्रणाली दिल्लीमा किन विफल भएकाे छ ? वर्तमान अवस्थालाई ध्यानमा राख्दै अदालतले आशंका व्यक्त गरेकाे छ कि डिसेम्बरमा अवस्था अझ गम्भीर हुन सक्छ । अदालतले सबै राज्य सरकारलाई तीन दिनमा स्थितिबारे रिपाेर्ट दिन भनेकाे छ ।

Share This:
सम्बन्धित खबर
Loading...