पछिल्लाे २४ घन्टामा विश्वभर ५ लाख बढीमा संक्रमण : काेराेनाबाट ७,९५१ जनाकाे मृत्यु

179

काठमाडाैं । काेराेना महामारीले विश्वभरका राष्ट्रहरुलाई शिथिल बनाइरहेकाे छ । काेराेनाविरुद्ध लड्न सबै मानिसहरु संघर्ष गरिरहेका छन् । तरपनि काेराेना भाइरसलाई नियन्त्रणमा ल्याउन सकिएकाे छैन ।

काेराेना भाइरसबाट पछिल्लाे २४ घन्टामा विश्वभर पाँच लाख ४ हजार ३२ जना संक्रमित भएका छन् भने ७ हजार ९ सय ५१ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लाे २४ घन्टामा सबैभन्दा बढी अमेरिकामा १ लाख ७१ हजार बढी संक्रमित थपिएका छन् । यस्तै, भारतमा ३७ हजार ४ सय १०, रसियामा २५ हजार १ सय ७३, इटालीमा २२ हजार ९ सय ३० जना थपिएकाे छ ।

यसैगरी, ब्राजिलमा १६ हजार ६ सय ३, बेलायतमा १५ हजार ४ सय ५०, पाेल्यान्डमा १५ हजार २, जर्मनीमा १४ हजार ५ सय ३७, इरानमा १२ हजार ४ सय ६० र युक्रेनमा ११ हजार ७५ गरी सबैभन्दा धेरै संक्रमित हुने देशहरुमध्ये शीर्ष १० मा परेका छन् ।

२४ घन्टामा मृत्यु हुने देशकाे सूचीमा पनि अमेरिका नै पहिलाे स्थानमा रहेकाे छ । अमेरिकामा मात्र ९ सय ७२ जनाले काेराेनाबाट ज्यान गुमाएका छन् । यस्तै, इटालीमा ६ सय ३०, फ्रान्समा ५ सय, भारतमा ४ सय ८१, इरानमा ४ सय ५३, रसियामा ३ सय ६१, ब्राजिलमा ३ सय ४४, मेक्सिकाेमा ३ सय ३, जर्मनीमा २ सय ४० तथा बेलायतमा २ सय २ जनाकाे काेराेनाबाट मृत्यु भएकाे छ ।

याेसँगै विश्वभर काेराेना संक्रमितकाे कूल सङ्ख्या ५ कराेड ९५ लाख २ हजार २ सय ९४ पुगेकाे छ । जसमध्ये ४ कराेड ११ लाख ४७ हजार २३ जना काेराेना मुक्त भइ सामान्य जीवनमा फर्किएका छन् । अझैपनि १ कराेड ६९ लाख ५३ हजार ७ सय २ जना सक्रिय संक्रमित अवस्थामै रहेका छन् । उनीहरुमध्ये १ लाख ३ हजार ५ सय ६५ जनाकाे अवस्था गम्भीर रहेकाे छ ।

काेराेना संक्रमणबाट मृत्यु हुनेकाे सङ्ख्या १४ लाख १ हजार ५ सय ६९ रहेकाे छ ।

Share This:
सम्बन्धित खबर
Loading...