गण्डकीमा १२९ जना संक्रमित थप, १६७ कोरोना मुक्त

152

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा १ सय २९ जना कोरोना संक्रमित थपिएका छन् भने १ सय ६७ जना निको भएका छन् ।

पछिल्लो एक हप्ताको तथ्याङ्कले थपिने संक्रमितभन्दा निको हुनेको सङ्ख्या बढेको देखाएको छ । प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको सङ्ख्या ११ हजार १ सय ९० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा हालसम्म निको हुनेको सङ्ख्या छ हजार ३ सय ९८ छ भने सक्रिय संक्रमितको सङ्ख्या चार हजार ६ सय ५१ पुगेका छन् । प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ सय ४१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...