थप १,९८० जनामा कोरोना संक्रमण पुष्टि : १८,८८४ जना सक्रिय संक्रमित

234

काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक हजार ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ३ सय ८१ जनाको नमूना परीक्षण गर्दा एक हजार १ सय ९१ पुरुष र ७ सय ८९ महिला गरी कूल एक हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएका हुन् । थपिएका कूल संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै ९ सय ५७ जना छन् ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको सङ्ख्या दुई लाख २२ हजार २ सय ८८ पुगेको छ । पछिल्लो २४ घन्टामा तीन हजार ४३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख दुई हजार ६७ पुगेको छ । हाल मुलुकभर सक्रिय संक्रमितको सङ्ख्या १८ हजार ८ सय ८४ रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये होम आइसोलेसनमा १२ हजार २ सय ७१, अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा ३ सय ६५ र भेन्टिलेटरमा ६३ जना रहेका छन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ३ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...