भारतीय विदेश सचिव बिहीबार नेपाल आउँदै

220

काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव हर्षवर्द्धन श्रृङ्गाला यही मंसिर ११ गते नेपालको द्विदिवसीय भ्रमणमा काठमाडौं आउने भएका छन् ।

दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदानकै निरन्तरताका सिलसिलामा भारतीय विदेश सचिवको भ्रमण हुन लागेको बताउँदै परराष्ट्र मन्त्रालयले भ्रमणको पहिलो दिन नेपाल–भारत परराष्ट्र सचिवस्तरीय वार्ता हुने र त्यसमा द्विपक्षीय सम्बन्ध एवं सहयोगका विविध विषयमा विचारविमर्श हुने जनाएको छ ।

बिहीबार नै भारतका विदेश सचिवले नेपालका उच्चपदस्थ व्यक्तित्वसँग शिष्टाचार भेट गर्ने तथा कोभिड–१९ सम्बन्धी भारतीय सहायता हस्तान्तरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले सोमबार अपराह्न जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । विदेश सचिव श्रृङ्गाला मंसिर १२ गते नयाँदिल्ली प्रस्थान गर्नेछन् ।

Share This:
सम्बन्धित खबर
Loading...