जर्मनीमा कोरोना संक्रमितको सङ्ख्या नौ लाख नाघ्यो

168

बर्लिन, एएनआई । जर्मनीमा कोभिड १९का संक्रमितहरुको सङ्ख्या नौ लाख नाघेको बताइएको छ । गएको २४ घन्टामा यहाँ १० हजार ८ सय ६४ जना नयाँ संक्रमित थपिएका बताइएको छ । योसँगै यहाँ कोरोना संक्रमितहरूको सङ्ख्या ९ लाख २९ हजार १ सय ३३ जना पुगेको बताइएको छ ।

यहाँ यस संक्रमणबाट कम्तीमा पनि १४ हजार १ सय १२ जनाको मृत्यु भएको छ । जर्मनीका अधिकारीहरूले गएको २४ घन्टामा कम्तीमा पनि ९० जनाको ज्यान गएको बताएका छन् ।

जर्मनीको स्वास्थ्य मन्त्रालयले यहाँ पछिल्ला केही दिनहरुमा कोरोना संक्रमितको मृत्युको दर बढ्दै गएको बताएको छ । जर्मनीमा कोभिडको दोस्रो वेभ आएको बताइएको थियो । त्यसैले पनि यहाँ यस नोभेम्बर महिनादेखि कतिपय क्षेत्रमा लकडाउन गरिएको छ ।

तर यसको यहाँका नागरिकले विरोध गरिरहेका छन् । त्यसैले जर्मनीको केन्द्र सरकारले भने यो लकडाउनको अवस्थालाई थप विस्तार नगरिने जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...