प्रधानमन्त्रीद्वारा सामुदायिक स्वास्थ्य एकाइ भवन उद्घाटन

189

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले फक्ताङ्लुङ गाउँपालिका–६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको सोमबार उद्घाटन गरेका छन् ।

घुन्सा फाउण्डेसनद्वारा निर्मित सो भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली सोमबार नेपाली सेनाको हेलिकप्टरमार्फत घुन्सा आइपुगेका थिए । भवन उद्घाटनअघि उनले छिमेकी चीनसँगको सीमा क्षेत्र ओलाङचुङ्गोला क्षेत्रको हवाई निरीक्षण पनि गरेका थिए ।

प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता सुवास नेम्वाङलगायत घुन्सा आएका छन् ।

जिल्लाको दुर्गम घुन्सामा २०७१ सालमा स्वास्थ्य एकाइ स्थापना भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...