लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ

144

झापा । झापाको मेचीनगर नगरपालिका-७ बाट लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । उक्त वडाको सिदार्थ टोलमा एक घर भाडामा नै लिएर लागुऔषध बिक्री बितरण हुने गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आइतबार अपरान्ह ४ बजे लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा लागुऔषध बिक्री बितरण गर्ने सिताराम आङदेम्बे , उनको श्रीमती मनिषा मगर तथा लागुऔषध खरिद गर्ने धरान-५ का २४ वर्षीय कल्याण राई र धरान-१६ का २४ वर्षीय रिजन लकन्द्री रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले २८ ग्राम नियन्त्रीत लागुऔषध ब्राउसुगर, नगद १ लाख ३३ हजार रुपैयाँ र ३ थान  मोबाइल समेत बरामद गरेको छ । लागुऔषधसहित पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...