श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ

184

दमक । झापाको कमल गाउँपालिका-६ का ४७ वर्षीय चुडामणी भण्डारी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

आइतबार अपरान्ह साँढे ५ बजेको समयमा उनको श्रीमती ३९ वर्षीया टिकादेवी पौडेल र दमक नगरपलिका-२ का २५ वर्षीय प्रकाशचन्द्र दाहाल खेतमा धान उठाउन गएकोमा भण्डारी एक्कासी आवेशमा आइ दुबै जनालाई खुकुरी प्रहार गर्दा टिका देवीको घटनास्थलमा नै मृत्यु भएको हो ।

खुकुरी प्रहारबाट घाइते भएका दाहालको एडभान्स अस्पताल दमकमा उपचार भइरहेको तथा खुकुरी प्रहार गर्ने भण्डारीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...