थप १,६७४ जनामा कोरोना, उपत्यकामा मात्रै ८९९ संक्रमित

124

काठमाडौं । पछिल्लो २४ घण्टामा आठ हजार १ सय ४४ नमूना परीक्षण गर्दा थप एक हजार ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्रै ८ सय ९९ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार थपिएका संक्रमितसँगै कूल संक्रमितको सङ्ख्या दुई लाख १८ हजार ६ सय ३९ पुगेको छ । हालसम्म कोरोनाका कारण एक हजार ३ सय ५ जनाको मृत्यु भएको छ । तीमध्ये एक लाख ९३ हजार ३ सय २५ संक्रमणमुक्त भएका छन् भने हाल देशभर २४ हजार नौ सक्रिय संक्रमित छन् । सत्र हजार २ सय ६ जना होम आइसोलेसनमा छन् । तीन सय ३६ जनाको आइसीयू र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा काठमाडौंमा ६ सय ८५, ललितपुरमा १ सय ६५ र भक्तपुरमा ४९, काभ्रेमा ५६, तनहुँमा ४४, कैलालीमा ४०, बाँकेमा ३९, कास्कीमा ७५, चितवनमा ६१, झापा र रुपन्देहीका ५७/५७, कपिलवस्तु र नवलपरासीमा ३३/३३, नवलपुरमा २८, मकवानपुरमा २५ र पाल्पाका १९ जना कोरोना संक्रमित भएका छन् ।

मन्त्रालयका अनुसार धादिङमा १८, बर्दियामा १७, धनुषामा ११, दाङमा १०, गोरखामा नौ र नुवाकोटमा आठ जनामा कोरोना संक्रमण भएको छ । यस्तै सिराहा, धनकुटा, सिन्धुपाल्चोक, बाग्लुङ, स्याङ्जा र रोल्पाका सात÷सात, डडेलधुरा पर्वत र बझाङमा छ/छ, सुनसरी, बारा र लमजुङमा पाँच/पाँच जनामा कारोना पुष्टि भएको छ ।

त्यसैगरी सर्लाही, रामेछाप, इलाम, अर्घाखाँची, दैलेख, गुल्मी र सल्यानमा चार/चार, महोत्तरी, दोलखा, म्याग्दी, प्युठान, अछाम र कञ्चनपुरका तीन/तीना, उदयपुर, सप्तरी र सिन्धुलीका दुई/दुई र बाजुरा, खोटाङ, भोजपुर, सोलुखुम्बु, रुकुमपूर्व, रुकुमपश्चिम, सुर्खेत र बैतडीमा एक÷एक जनामा कोरोना पुष्टि भएको छ । हाल मनाङ र मुगुमा एक जना पनि संक्रमित छैनन् । काठमाडौं, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही र कैलालीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् ।

Share This:
सम्बन्धित खबर
Loading...