बंगलादेशमा चार लाख ४५ हजार २८१ व्यक्तिमा कोभिड–१९ संक्रमण

163

ढाका । बंगलादेशमा शनिबारसम्म कोभिड–१९ संक्रमितको सङ्ख्या चार लाख ४५ हजार २ सय ८१ पुगेको यहाँको राष्ट्रिय स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।

मुश्लिम बहुल यस मुलुकमा कोभिड–१९ संक्रमित छ हजार ३ सय ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

विगत २४ घन्टामा १२ हजार ६ सय ४३ व्यक्तिको शंकाका आधारमा कोभिड–१९ परीक्षण गरिएकोमा एक हजार ८ सय ४७ व्यक्तिमा संक्रमण पुष्टि भएको छ । शनिबार कोभिड–१९ संक्रमित थप २८ जनाको मृत्यु भएकमो छ ।

बंगलादेशमा शनिबार संक्रमणमुक्त भएका एक हजार ९ सय २१ व्यक्तिसहित अहिलेसम्म तीन लाख ६० हजार ३ सय ५२ व्यक्ति निको भएका छन् ।

सरकारी तथ्याङ्क अनुसार बंगलादेशमा कोभिड–१९ संक्रमितको मृत्यु दर १.४३ प्रतिशत रहेको छ भने अहिलेसम्म ८०.९३ प्रतिशत विरामी निको भई घर फर्किएका छन् ।

तथ्याङ्कमा एकै दिन सबैभन्दा बढी चार हजार १९ व्यक्ति जुलाई २ मा संक्रमित भएका थिए भने एकै दिनमा सबैभन्दा बढी मृत्यु जुन ३० मा भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...