कोरोनाबाट पछिल्लो २४ घन्टामा विश्वभर ६,५९,८६३ जना संक्रमित : ११,०८९ जनाको मृत्यु (विवरणसहित)

181

काठमाडौं । चिनको हुवे प्रान्तको वुहान शहरबाट गत वर्ष सुरु भएको कोरोना भाइरसले अहिले विश्वका अधिकांश देशमा फैलिएको छ । कोरोना महामारीबाट विश्वमा पाँच करोड ७९ लाख ५ हजार बढी संक्रमित भइसकेका छन् ।

पछिल्लो २४ घन्टामा मात्र ६ लाख ५९ हजार ८ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोहि अवधिमा ११ हजार ८९ जनाले ज्यान गुमाएका छन् ।

कोरोना महामारीले सबैभन्दा धेरै क्षति अमेरिकामा पुर्याएको छ जहाँ अहिलेसम्म १ करोड २२ लाख ७४ हजार ७ सय २६ जना विरामी भएका छन् भने २ लाख ६० हजार २ सय २८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा मात्र २ लाख बढी संक्रमित हुँदा १ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ ।

यस्तै, कोरोना भाइसरबाट बढी क्षति भएको देशमा भारत दोस्रो स्थानमा रहेको छ । भारतमा ९० लाख ५० हजार ६ सय १३ जनामा संक्रमण भएको छ भने १ लाख ३२ हजार ७ सय ६४ जनाले ज्यान गुमाएका छन् । यस्तै, पछिल्लो २४ घन्टामा भारतमा ४६ हजार २ सय ८८ जना संक्रमित थपिदा ५ सय ६२ जनाको मृत्यु भएको छ ।

तेस्रो स्थानमा रहेको ब्राजिलमा ६० लाख बढी संक्रमित भएका छन् भने १ लाख ६८ हजार ६ सय ६२ जनाको मृत्यु भएको छ । फ्रान्समा २१ लाखभन्दा बढी संक्रमित भएका छन् जहाँ मृत्यु हुनेको संख्या ४८ हजार २ सय ६५ रहेको छ ।

यसैगरी, पाँचौं स्थानमा रसिया रहेको छ । रसियामा २० लाख बढी संक्रमित छन् भने ३५ हजार ३ सय बढीले ज्यान गुमाएका छन् ।

यस्तै, स्पेन, बेलायत, अर्जेन्टिना, इटाली र कोलम्बिया कोरोना भाइरसबाट बढी संक्रमित हुने देशको सूचिमा शीर्ष दशमा रहेका छन् । जहाँ संक्रमितको संख्या दश लाखभन्दा बढी रहेको छ ।

विश्वभर अहिलेसम्म संक्रमण मुक्त भएर ४ करोड ९८ हजारभन्दा बढी सामान्य जीवनमा फर्किसकेका छन् भने १ करोड ६४ लाख २० हजार बढी सक्रिय संक्रमितको रुपमा रहेका छन् । १ लाख २ हजार बढी गम्भीर अवस्थाका बिरामी रहेका छन् ।

 

Share This:
सम्बन्धित खबर
Loading...