बागमतीमा एक लाख १७ हजार बढी संक्रमित : ६३१ जनाको मृत्यु

139

हेटौंडा । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट हेटौंडालगायत बागमती प्रदेशमा हालसम्म ६ सय ३१ जनाको मृत्यु भइसकेको छ ।

बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा एक लाख १७ हजार १ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयको कोभिड–१९ का प्रवक्ता डा पुरुषोत्तम सेढाईंका अनुसार कूल संक्रमितमध्ये ९८ हजार ५ सय ५९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । प्रदेशमा कोरोना संक्रमणबाट निको हुने दर ८४ प्रतिशत रहेको उनको भनाइ छ ।

प्रवक्ता डा सेढाईंका अनुसार मुलुकका कूल कोरोना संक्रमितमध्ये बागमती प्रदेशमा ५० प्रतिशत छ । कोरोनाको संक्रमणबाट सुरक्षित रहन सरकारले निर्धारण गरेको मापदण्ड पालना गर्नुपर्ने उनको भनाइ छ ।

यसैबीच हेटौंडा उपमहानगरपालिका–५ की ६४ वर्षीया एक महिलाको कोरोना संक्रमणबाट शुक्रबार आफ्नै घरमा मृत्यु भएको छ । उनलाई गत कात्तिक १८ गते कोरोना पृष्टि भएको थियो । शव व्यवस्थापन नेपाली सेनाले गर्ने निजको परिवारले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...