लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ

134

सुनसरी । सुनसरीको बराहक्षेत्र-७ बोराबाधबाट लागुऔषध खैरो हिरोइन ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका-५ का २८ वर्षीय राम कुमार यादब र सोही स्थानका २३ वर्षीय श्रमण कुमार चौधरी रहेका छन ।

बुधबार साँझ ६ बजे विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी गस्ती टोलीले को ४ प ३३६६ नम्बरको मोटरसाइलमा सवार दुबै जनालाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात उनीहरु उपलाई चेकजाँच गर्दा ३ ग्राम २२ मिलिग्राम खैरो हिरोइन ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसरी लागुऔषध सहित पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले कानुनी कारबाही अगाडि बढाएक जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...