प्रदेश एकमा ४४० कोरोना संक्रमित थपिए

135

विराटनगर । पछिल्लो २४ घन्टाको अवधिमा प्रदेश १ मा ४ सय ४० जना कोरोना संक्रमित थपिएका छन् । तीमध्ये १ सय ४६ महिला र २ सय ९४ पुरुष छन् ।

थपिएका संक्रमितमा मोरङका २ सय २३ मध्ये विराटनगरका १ सय २४, सुनसरीका ८४, झापाका ६६, इलामका १२, उदयपुरका ११, सङ्खुवासभाका पाँच, पाँचथरका चार, धनकुटाका दुई, ताप्लेजुङ, ओखलढुङ्गा र भोजपुरका एक÷एक र प्रदेश बाहिरका ३० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको सङ्ख्या २४ हजार ५ सय १६ पुगेको छ भने बुधबार ३६३ जनासहित अहिलेसम्ममा १९ हजार २ सय ३१ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घन्टाको अवधिमा यस प्रदेशमा एक हजार २ सय ६१ जनासहित कूल एक लाख ८० हजार ५ सय ३० जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...