अफगानिस्तान र इराकबाट सैनिक फिर्ता गर्न राष्ट्रपति ट्रम्पको निर्देशन

214

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट अमेरिकी सैनिक फिर्ता गर्न अमेरिकी रक्षा मन्त्रालयलाई आदेश दिएका छन् । राष्ट्रपति ट्रम्पले मंगलबार सो आदेश दिएको अमेरिकी पेन्टागनले जानकारी दिएको छ ।

पेन्टागनका अनुसार राष्ट्रपति ट्रम्पले अफगानिस्तान र इराकबाट आगामी जनवरी महिनाको मध्यसम्ममा कम्तीमा पनि २ हजार ५ सय जना अमेरिकी सैनिक फिर्ता गर्न भनिएको हो ।

अमेरिकाका कार्यबाहक रक्षामन्त्री क्रिस्टोफर मिलरले सो कुराको जानकारी मंगलबार दिएको बताइएको छ ।

प्राप्त समाचारअनुसार उनले जनवरी महिनाको मध्यसम्ममा अफगानिस्तानबाट २ हजार ५ सय र इराकबाट पनि २ हजार ५ सय जना अमेरिकी सैनिक फिर्ता गर्न हालै आदेश दिएको उनले मंगलबार जानकारी दिएको बताइएको छ ।

केही समय अघि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै आगामी क्रिसमस अघि नै चार हजार ५ सय सैनिक फिर्ता गरिसकिने बताएका थिए । तर पनि यहाँका वरिष्ठ सैनिक र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारहरुले भने अहिले नै हतार गरेर अफगानिस्तान र इराकबाट अमेरिकी सैनिकको संख्या कटौती गर्न नहुने अडान राख्दै आएका छन् ।

राष्ट्रपति ट्रम्प हालै अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पारजित भएका छन् । उनी अबको केही समयपछि अमेरिकी राष्ट्रपतिका रुपमा विजयी जो बाइडेनले सपथ लिँदै छन् । तर अफगानिस्तानमा सेना उपलब्ध गराएका पश्चिमा देशहरुको संगठन नेटोले भने अफगानिस्तानमा अझै पनि अन्तर्राष्ट्रिय आतंकवादीहरु रहेको बताएको छ ।

सो संगठनले यहाँबाट पश्चिमा मुलुकभित्र आक्रमणको योजना बन्न सक्ने पश्चिमा सैनिक फिर्ता गर्न नहुने बताएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...