पछिल्लो २४ घन्टामा थप १,४४२ जनामा कोरोना संक्रमण पुष्टि : ३,५३८ कोरोना मुक्त

104

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप एक हजार ४ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

छ हजार ७ सय ३१ नमूना परीक्षण गर्दा ९ सय ८ पुरुष र ५ सय ३४ महिलामा गरी कूल एक हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको सङ्ख्या दुई लाख १२ हजार ९ सय १७ पुगेको छ । २४ घन्ठामा तीन हजार ५ सय ३८ जना कोरोनामुक्त भएका छन् । हालसम्म एक लाख ८२ हजार ७ सय ८० जना उपचारपछि निको भएर घर फर्किएका छन् । जुन कूल संक्रमितको ८५.८ प्रतिशत हो । अठ्ठाइस हजार ८ सय ७८ सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये २६ हजार ४ सय २१ जना होम आइसोलेसनमा छन् भने ३ सय २६ जनाको आइसियू र ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपालञ्चोक, कास्की, दाङ, रुपन्देही, पाल्पा र कैलालीमा ५ सयबढी सक्रिय संक्रमित छन् भने मनाङमा सक्रिय संक्रमित छैनन् ।

बितेको २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार २ सय ५९ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...