भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु

182

बाँके । कोरोना संक्रमणबाट भेरी अस्पतालमा उपचाररत थप एक जनाको मंगलबार मृत्यु भएको छ । सो अस्पतालमा उपचार गराइरहेका दाङको घोराही उपमहानगरपालिका–१५ का ७५ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मंगलबार बिहान मृत्यु भएको हो ।

उनलाई कात्तिक २७ गते उपचारका लागि भेरी अस्पतालमा ल्याइएकामा मंगलबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनलाई कात्तिक २७ गते कोरोना पुष्टि भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...