काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु

98

बनेपा । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार मृत्यु हुनेमा पाँचखाल नगरपालिकाका ९१ वर्षीय पुरुष, बनेपा नगरपालिकाका ७२ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुष रहेका छन् ।

उनीहरुको अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो । हालसम्ममा जिल्लामा कोरोना संक्रमणबाट ३२ पुरुष र १३ महिला गरी ४५ जनाको मृत्यु भएको छ । ती मध्ये १४ जना अन्य जिल्लाका रहेका छन् ।

सोमबार मात्रै २० जना संक्रमणबाट मुक्त भइ घर फर्किएका छन् । यसैगरी विभिन्न स्थानमा गरी ११ नयाँ संक्रमित थपिएका छन् । थपिएकामा बनेपा नगरपालिकामा ६, धुलिखेल नगरपालिकामा १ , पनौती नगरपालिकामा २ र नमोबुद्ध नगरपालिकामा २ जना रहेका छन् ।

हालसम्ममा जिल्लामा दुई हजार २ सय ४३ जनामा संक्रमण देखिएकोमा एक हजार ७ सय ३ जना निको भइसकेका छन् । सक्रिय संक्रमितको सङ्ख्या भने ५ सय ९ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...