दिल्लीमा कोरोना भाइरसले महामारीकाे रुप लिँदै : प्रत्येक घन्टामा ४ जनाको मृत्यु

116

एजेन्सी । भारतको राजधानी दिल्लीमा कोरोना भाइरसको असर तीव्र रुपमा फैलिइरहेको छ । दिल्लीमा नोभेम्बर महिनामा मात्र १ हजार १ सय ३ जनाले ज्यान गुमाएका छन् । यो आंकडालाई हेर्दा प्रत्येक एक घन्टामा चार जना व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भइरहेको तथ्याङ्क बाहिर आएको छ । दिल्लीमा आइतबार मात्र ९५ जनाको मृत्यु भएको छ ।

पछिल्लो १५ दिनमा दिल्लीमा प्रत्येक दिन औषतमा ७३.५ व्यक्तिको कोरोनाबाट मृत्यु भइरहेको छ । पछिल्लो केहि दिनयत औषत मृत्युदर बढेर ९० पुगेको भारतीय सञ्चार माध्यमले जनाएको छ । गत बिहीबार सबैभन्दा बढी १ सय ४ जनाको मृत्यु भएको छ भने शनिबार ९६ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

दिल्लीमा अहिलेसम्म ७ हजार ६ सय १४ जनाको मृत्यु भएको छ । दिल्लीमा कोरोनाको मृत्युदर १.५ प्रतिशत रहेको छ । दिल्लीमा कोरोनाको पहिलो केश २ मार्चमा देखा परेको थियो । यसपछि अप्रिल महिनायता हरदिन दुई जनाको मृत्यु भएको थियो । यस्तै, मे महिनामा मात्र ४ सय १४ जना कोरोनाको शिकार भएका थिए । जसको औषत प्रत्येक दिन १३.३ रहेको थियो ।

यस्तै, जुन महिनामा बढेर २ हजार २ यस ६९ पुग्दा प्रत्येक दिन मृत्यु हुनेको दर पनि ७५.६ पुग्यो भने जुलाई र अगस्ट महिनामा घटेर ३९.३ तथा १५.५ मा झरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...