प्रदेश एकमा थप ८५ जनामा संक्रमण : १५३ जना कोरोनामुक्त भइ फर्किए

202

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घन्टाको अवधिमा ८५ जना करोना संक्रमित थपिएका छन् । सो अवधिमा गरिएको ४ सय २६ जनाको पिसिआर परीक्षणमा ३३ महिला र ५२ पुरुषको रिपोर्ट पाजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमितमा मोरङमा २९ मध्ये विराटनगरमा १८, सुनसरीमा २४, ताप्लेजुङमा सात, ते¥हथुम र धनकुटामा छ÷छ, झापामा पाँच, इलाममा चार, उदयपुरमा एक र प्रदेश बाहिरका तीन जना रहेका छन् ।

प्रदेशमा आइतबार १ सय ५३ जना संक्रमित निको भएर घर फर्केका छन् भने उनीहरुको सङ्ख्या अहिलेसम्म १७ हजार ९ सय ३१ पुगेको मन्त्रालयले जनाएको छ । यस प्रदेशमा हालसम्म एक लाख ७८ हजार ५ सय ५ जनाको पिसिआर परीक्षण भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...