पुजारीको हत्या अभियोगमा पक्राउ

179

परासी । पुजारीको हत्या गरेको अभियोगमा नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतको महाराजगञ्ज जिल्ला ग्राम कबेलवा महेशपुरका २१ वर्षीय धनञ्जय मौर्य रहेका छन् ।

यही कात्तिक ९ गते नवलपरासीको सुस्ता गाउँपालिका–४ पश्चिम टाँडीका ७२ वर्षीय पुजारी महँगु केवटको धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा प्रतापपुर गाउँपालिका–६ कठहवाबाट अभियुक्तलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए ।

“अनुसन्धानका क्रममा मृत्तक केवटकी छोरीले अभियुक्तको सनाखत गर्नुका साथै अभियुक्त मौर्यले आफू स्वयंले नै हत्या गरेको बयान दिएका छन्”, उनले भने । पक्राउ परेका मौर्यलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धानको कार्य अघि बढाइको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...