कोरोना भाइरसबाट विश्वभर बाह्र लाख ९४ हजारभन्दा बढीको मृत्यु

165

पेरिस, एएफपी । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट सुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ९४ हजार ५ सय ३९ व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले शुक्रबार अपराह्नमा जानकारी दिएको छ ।

गत डिसेम्बरमा सुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ५ करोड २७ लाख ७५ हजार ८ सय ४० व्यक्ति संक्रमित भइसकेका छन् । तीमध्ये ३ करोड ४० लाख ३३ हजार १ सय व्यक्ति कोरोना मुक्त भएका पनि एएफपी समाचार समितिले दिएको पछिल्लो अपडेटमा जानकारी दिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट बिहीबार, एकै दिनमा विश्वभरि ९ हजार ९ सय २१ जनाको मृत्यु भएको छ । छ लाख ८ हजार ६ सय २५ जना नयाँ संक्रमित थपिएका छन् । एएफपीले लिएको पछिल्लो तथ्याङ्ककाअनुसार सबैभन्दा बढी मृत्यु हुने देशहरूमा संयुक्त राज्य अमेरिकामा १ हजार ५ सय १२ र दोस्रोमा ब्राजिलमा ९ सय ८ जना रहेका छन् ।

संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ४२ हजार ४ सय ३५ जनको मृत्यु भएको छ । अमोरिकामा १ करोड ५ लाख ५५ हजार ४ सय ६९ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । अमेरिकामा कम्तीमा ४० लाख ५१ हजार २ सय ५६ व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् ।

अमेरिकापछि ब्राजिलमा १ लाख ६४ हजार २ सय ८१ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । यहाँ ५७ लाख ८१ हजार ५ सय ८२ कोरोना भाइरस संक्रमित रहेका छन् । भारतमा १ लाख २८ हजार ६ सय ६८ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । यहाँ ८७ लाख २८ हजार ७ सय ९५ कोरोना भाइरस संक्रमित भएका छन् ।

मेक्सिकोमा यस भाइरसका कारण ९७ हजार ५६ जनाको मृत्यु भएको छ भने ९ लाख ९१ हजार ८ सय ३५ जना संक्रमित भएका छन् । संयुक्त अधिराज्यमा ५० हजार ९ सय २८ जनाको मृत्यु भएको छ भने १२ लाख ९० हजार १ सय ९५ जनाको कोरोना भाइरस संक्रमित भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...