स्वास्थ्य मापदण्ड पालना गरेर पर्व मनाऔँ : प्रमुख शेरचन

129

गण्डकी । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले कोभिड–१९ को महामारीमाथि विजय प्राप्त गर्न अझै समय कुर्नुपर्ने देखिएकाले पर्वहरु मनाउँदा जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न अपिल गरेका छन् ।

महत्वपूर्ण पर्वहरु तिहार, नेपाल संवत् र छठका अवसरमा उनले शुक्रबार शुभकामना सन्देशमार्फत सामाजिक दूरी कायम गर्ने, मास्स र स्यानिटाइजर प्रयोग गर्ने, अनावश्यक भेटघाट बन्द गर्ने र भीडभाडमा नजाने गर्न आग्रह गरे ।

उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाले गरिबहरुको ऋणमोचन गरी सुरुवात गरेको नेपाल संवत् नेपालको मौतिक सम्वत भएको बताउँदै प्रमुख शेरचनले शुभकामना सन्देशमा यसलाई प्रचलनमा ल्याउन सबैले विशेष जोड दिनुपर्ने आवश्यकता औल्याए ।

Share This:
सम्बन्धित खबर
Loading...