मानव बेचबिखन तथा ओसारपसारमा सम्लग्न भएको अभियोगमा ३ जना पक्राउ

263

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी वेश्यावृतिमा सम्लग्न गराउने उदेश्यले शरीर बन्धक बनाउने एवं शारीरिक तथा मानिसक यातना दिने ३ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

विभिन्न जिल्लाहरुबाट २ जना महिलालाई वैदेशिक रोजगारीमा पठाउने भनि ल्याई पोखरा महानगरपालिका(६ लेकसाइड स्थित विभिन्न प्रलोभनमा पारि जबरजस्ती वेश्यावृतिमा संलग्न गराउन मोलमलाई गरिरहेको साथै निज महिलाहरुलाई शारीरिक तथा मानिसक यातना समेत दिइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले बुधबार ३ जनालाई पक्राउ गरी पिडित दुवैजना महिलालाई उद्दारसमेत गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको मादी गाउँपालिका-१ खेलुङ बस्ने २१ वर्षीय जीवन नेपाली, पोखरा महानगरपालिका-४ बस्ने ३० वर्षीय अन्जु गुरुङ र जिल्ला काभ्रे पाँचखाल-४ बस्ने २६ वर्षीय आशिष भुजेल रहेका छन् ।

पक्राउ परेका उनीहरु उपर मानव वेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर अन्तर्गत मुद्धा दर्ता गरी घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...