कोरोना महामारी विरुद्ध तेस्रो चरणको तयारी सुरु

125

धनुषा । कोरोना महामारी नियन्त्रण गर्न प्रदेश २ सरकारले तेस्रो चरणको तयारी सुरुवात गर्ने भएको छ । मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार सम्पन्न प्रादेशिक कोरोना सङ्कट व्यवस्थान समिति (पिसिसिएमसी)को बैठकले कोरोना महामारी विरुद्ध तेस्रो चरणको कार्यक्रम सञ्चालन गर्ने निष्कर्ष निकालेको हो । महामारीको वर्तमान अवस्था, विगतका कामको समीक्षा र अगामी रणनीति बारे बैठकमा छलफल भएको जनाईएको छ ।

महामारी विरुद्धको तेस्रो चरणको तयारी स्वरुप पचास हजार भिटिएम र रिएजेन्ट खरिद, पिसिआर प्रयोगशाला सञ्चालन गर्न बाँकी रहेको चार जिल्लामा यसै सातादेखि प्रयोगशाला सञ्चालनमा ल्याउन सम्पूर्ण तयारी पुरा भै सकेको समाजिक विकास मन्त्रालय आपूर्ति महाशाखाका निर्देशक डा प्रमोद यादवले जानकारी दिए । तेस्रो चरणको लागि महत्वपूर्ण रहेको अस्पतालमा आधारित उपचार प्रणालीलाई थप सुदृढ बनाउने र प्रदेश भरका ६ वटा अस्पतालमा २५ शय्याको दरले जम्मा १ सय ५० शय्याको उच्च निर्भरता कक्ष (एचडियू) निर्माण गर्ने निर्णय समेत गरेको छ ।

यसका साथै प्रदेश सरकारको आर्थिक सहयोगमा विभिन्न अस्पतालहरुले खरिद गरेको भेन्टिलेटरहरुलाई अतिशिघ्र सञ्चालनमा ल्याउन आवश्यक दक्ष जनशक्ति व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न बैठकले सम्भावित कोरोना विरुद्धको खोपलाई व्यवस्थापन गर्न तीन सदस्यीय खोप व्यवस्थापन समिति गठन समेत गरेको छ । विज्ञ समूहका सदस्य डा गरिवनाथ ठाकुरको संयोजकत्वमा गठित उक्त समितिमा आपूर्ति महाशाखाका निर्देशक डा प्रमोद यादव र स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...