नारायणगढ–बुटवल विस्तार आयोजना समयमै सकाउन निर्देशन

124

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडक विस्तार आयोजना समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा बिहीबार भएको सरोकार निकायका प्रतिनिधि सम्मिलित छलफलमा उनले कार्ययोजना बनाएर अघि बढ्न आग्रह गरे ।

उनले देशकै महत्वपूर्ण सो सडक विस्तारका लागि सम्बन्धित निर्माण कम्पनी र परामर्शदातासँग बसी कार्ययोजना बनाएर अघि बढ्न आयोजना कार्यालयलाई निर्देशन दिए । जम्मा १ सय १३ किमी लम्बाइको सडक दुई खण्डमा निर्माण गर्न लागिएको छ । सो सडक एसियाली विकास बैंक (एडिबी) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण हुन लागेको छ । सडक निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले गरिरहेको छ ।

कोभिड–१९ संक्रमणका कारण दुई सातासम्म आइसोलेसनमा पुल्चोकस्थित मन्त्री निवासमा बसेका मन्त्री नेम्वाङ सोमबार रिपोर्ट नेगेटिभ आएसँगै बिहीबारदेखि मन्त्रालय आउन थालेका छन् । छलफलमा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, एडिबीका आयोजना निर्देशक दीपक श्रेष्ठ, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, सहसचिव गोपाल सिग्देललगायतको उपस्थिति थियो ।

Share This:
सम्बन्धित खबर
Loading...