गण्डकीमा थप १८२ संक्रमित, एकको मृत्यु

186

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा १ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।

कास्कीको रुपा गाउँपालिका-५ का ७२ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १ सय १३ पुगेको छ ।

प्रदेशमा कुल कोरोना संक्रमितको सङ्ख्या नौ हजार ७ सय ३ छ । प्रदेशमा हालसम्म चार हजार ९ सय ७० निको भएका छन् भने सक्रिय संक्रमितको चार हजार ६ सय २० रहेको निर्देशनालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...