अमेरिकाको टेक्सास राज्यमा मात्र दश लाख कोरोना संक्रमित

120

टेक्सास, एएनआई । अमेरिकाको टेक्सास राज्यमा मात्र कोरोना भाइरस (कोभिड-१९) का कम्तीमा पनि १० लाख संक्रमित भेटिएका छन् । जोन हप्किन्स विश्वविद्यालयको बुधबारको तथ्यांकमा संक्रमितहरुको संख्या १० लाख पुगेको देखिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकी स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार अमेरिकाको टेक्सास राज्य नै देशको सबैभन्दा बढी कोरोना संक्रमितहरु रहेको पहिलो राज्य भएको छ । उक्त राज्यको तथ्यांकअनुसार यस राज्यमा बुधबारसम्ममा १० लाख १० हजार ३ सय ६४ जना कोरोना भाइरस संक्रमित नागरिक रहेका हुन् ।

त्यसैगरी सो राज्यको तथ्यांकमा यस राज्यमा मात्र मृत्य हुने नागरिकको संख्या १९ हजार ३ सय ३७ जना रहेका छन् । टेक्सास पछि अमेरिकामा सबैभन्दा धेरै कोरोना संक्रमित भएको राज्य क्यालिफोर्निया रहेको पनि सो विश्वविद्यालयको तथ्यांका देखाइएको छ ।

उक्त तथ्यांकअनुसार क्यालिफोर्नियामा मात्र ९ लाख ८९ हजार ४ सय ३२ जना कोभिड १९ का संक्रमित देखिएका छन् । त्यसैगरी सो राज्यमा १८ हजार ६६ जना व्यक्ति उक्त संक्रमणका कारण मृत्यु भएको बताइएको छ ।

विश्वमा सबैभन्दा बढी कारोना भाइरसका संक्रमित भएको देश अमेरिका हो । अमेरिकामा अहिलेसम्म १ करोड ५ लाख ६८ हजार ७ सय १४ जना संक्रमित भएका छन् भने यहाँ २ लाख ३९ हजार ६ सय ९५ जनाको निधन भएको बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...