कोरोना संक्रमितको संख्या दुई लाख नाघ्यो : पछिल्लो २४ घन्टामा २,५६९ जना थपिए

122

काठमाडौं । देशभरमा बुधबार कोभिड–१९ का दुई हजार ५ सय ६९ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नै एक हजार ६ सय ६६ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार थपिएका संक्रमितमध्ये पुरुष एक हजार ५ सय ६९ र महिला एक हजार सात रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । बुधबार संक्रमणमुक्त भएका एक हजार ६ सय ६६ समेत गरी आजसम्म एक लाख ६२ हजार २ सय ४३ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । आजसम्म निको हुने दर ८० प्रतिशत रहेको छ ।

आजसम्म सक्रिय संक्रमितको सङ्ख्या ३८ हजार ९ सय १२ पुगेको मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षणमध्ये संक्रमण दर १२ दशमलव तीन प्रतिशत छ । योसँगै जम्मा संक्रमितको सङ्ख्या दुई लाख दुई हजार ३ सय २९ पुगेको छ ।

काठमाडौं उपत्यकामा बुधबार एक हजार २ सय ६१ संक्रमित थप भएका छन् । काठमाडौं जिल्लामा ९ सय ७६, ललितपुर २ सय ४ र भक्तपुर ८१ नयाँ संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा बुधबार थपिएका संक्रमितमध्ये एक हजार ७ सय ३३ पुरुष र ५ सय २८ महिला रहेका छन् । उपत्यकामा हाल काठमाडौंमा १७ हजार १ सय ६४, ललितपुरमा दुई हजार ५ सय ६ र भक्तपुरका एक हजार २ सय ७५ सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, होम आइसोलेसनमा रहनेको सङ्ख्या काठमाडौंमा ११ हजार ३ सय ९३, ललितपुर एक हजार ८ सय ३१ र भक्तपुरमा एक हजार ८ सय १४ रहेको छ । पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा गरी १० हजार ८१ नमूना परीक्षण भएको थियो । हालसम्म १५ लाख ७४ हजार २ सय ९५ नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसङ्ख्यामा ५३ हजार ९ सय ४९ परीक्षण भएको बताइएको छ । हालसम्म पिसिआर परीक्षणमध्ये संक्रमण दर १२ दशमलव आठ प्रतिशत छ । क्वारेन्टिनमा रहेकाको सङ्ख्या बुधबार एक हजार १ सय ९ रहेको छ ।

सक्रिय संक्रमितमध्ये हाल २८ हजार ३ सय ९३ होम आइसोलेसन र १० हजार ५ सय १९ संस्थागत आइसोलेसनमा रहेका छन् । प्रदेशअनुसार होम आइसोलेनमा रहनेको सङ्ख्या प्रदेश १ मा चार हजार ७ सय ४७, प्रदेश २ मा ९ सय ५२, बागमती प्रदेशमा १८ हजार ९ सय ३९, गण्डकी प्रदेशमा दुई हजार १ सय २१, लुम्बिनी प्रदेशमा ४ सय ४, कर्णाली प्रदेशमा ३ सय ३७ र सुदूरपश्चिम प्रदेशमा ८ सय ९३ रहेको छ ।

देशभरमा गरी बुधबार ३ सय ८२ संक्रमित आइसियूमा रहेका छन् । प्रदेश १ मा ४६, प्रदेश २ मा १२, बागमती प्रदेशमा १सय ७१, गण्डकी प्रदेशमा ६९ र लुम्बिनी प्रदेशमा ६१, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १५ संक्रमित आइसियूमा रहेका छन् । त्यस्तै, प्रदेश १ मा १६, प्रदेश २ मा दुई, बागमती प्रदेशमा ६०, गण्डकी प्रदेश ११ र लुम्बिनी प्रदेश छ संक्रमित भेन्टिलेटरमा रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा गौतमले साउनदेखि यता कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि रु छ अर्ब ८१ करोड ५९ लाख छ हजार विनियोजन भएको जानकारी दिए । उनले मन्त्रालयले परीक्षण र उपचारमा यसअघि गरिएको व्यवस्था परिवर्तन गर्दै सरकारले सूचीकृत गरेको सरकारी अस्पतालमा लक्षणसहितका संक्रमितको परीक्षण र उपचार निःशुल्क गरिएको बताए । उनले भने, “कोरोना बिमा गरेका संक्रमितले बिमा कम्पनीबाट बिमा रकम दाबी गर्नुपर्छ भने सक्षम र इच्छुक ब्यक्तिले चाहेमा योगदान गर्नसक्नुहुन्छ ।”

चौध जिल्लामा ५ सयबढी संक्रमित, मनाङमा शून्य
आजसम्म देशभरका ७७ जिल्लामध्ये १४ जिल्लामा संक्रमित ५ सयबढी छन् भने मनाङमा शून्य रहेको छ । पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लामा झापा, मोरङ, सुनसरी, मकवानपुर, काभ्रे, चितवान, ललितपुर, काठमाडौं, भक्तपुर, कास्की, नवलपरासी पूर्व, रुपन्देही, दाङ र कैलाली रहेका छन् । आजसम्म मनाङमा एक जना पनि सक्रिय संक्रमित छैनन् ।

थप २६ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोभिडका कारण थप २६ जनाको मृत्यु भएसँगै देशभरमा संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार १ सय ९ पुगेको छ । जम्मा संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव छ प्रतिशत हो । यो सङ्ख्या प्रति १० लाख पोजेटिभमा ४० दशमलव दुई हो ।

Share This:
सम्बन्धित खबर
Loading...